३० आश्विन २०८३, शुक्रबार

मोतीहारी जेलबाट नेपाली व्यापारीलाई धम्की

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

telephoneकाठमाडौं, ३ कात्तिक । वीरगन्जका उद्योगी–व्यवसायीहरूलाई तीन महिनादेखि भारतीय नम्बरबाट धम्कीयुक्त फोन आइरहेको खुलेको छ ।

भारतको पूर्वी चम्पारण जिल्लाको मोतिहारी जेलमा रहेका सुनिल सिंहको नामबाट धम्की आउने गरेको प्रहरीले जनाएको समाचार आजको नागरिक दैनिकले छापेको छ ।

सीमापारिका सुरक्षा निकायसँग पछिल्लो समयमा सीमावर्ती नेपाल प्रहरीको समन्वय बिग्रिएका कारण आपराधिक समूहका गतिविधिमा अंकुश लाग्न नसकेको पीडित व्यापारीहरूको बुझाइ छ।

त्यो समूहको पहिचान भइसकेपछि हामी बिहारस्थित भारतीय प्रहरीसँग समन्वय गरेर नियन्त्रण गर्ने प्रयत्नमा लागेका छौं, पर्साका प्रहरी नायब उपरीक्षक बीरबहादुर ओलीले भने, चाँडै सफलता मिल्ने आशा छ ।