त्रिशूली (नुवाकोट), २ कात्तिक । एक किशोरीलाई बट्टारको एक होटेलमा बलात्कार गरेको आरोपमा जिल्ला शिक्षा कार्यालयका कर्मचारी सबइन्जिनियर राजाराम यादव पक्राउ परेका छन् ।
विदुर नगरपालिका–३, बट्टारको आदर्श होटेलमा काम गर्ने बालिकालाई सोही होटेलमा शनिबार बास बसेका यादवले आइतबार बिहान बालिका सुतेकै कोठामा प्रवेश गरी बलात्कार गरेको उजुरी दर्ता भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक प्रद्युम्नकुमार अधिकारीले जानकारी दिनुभयो ।
पीडित र पीडक दुवैको त्रिशूली जिल्ला अस्पतालमा स्वास्थ्य परीक्षण गराइएको छ । रासस















प्रतिक्रिया