१ कार्तिक २०८३, शनिबार

वनभोज गएका सन्दिप र विवेक भोटेकोसीमा वेपत्ता

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २ कार्तिक  । काभ्रेपलाञ्चोकको भुम्लुटार गाविस–६ स्थित इन्द्रावती र भोटेकोसी नदीको सङ्गम छेउबाट दुईजना हराइरहेका छन्।

शनिबार दिउँसोदेखि हराइरहेका उनीहरु आइतबारसम्म पनि फेला नपरेको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ।‍ भक्तपुरको नयाँठिमीबाट २० जनाको समूह वनभोज गएको थियो।

भक्तपुर नयाँठिमी बस्ने १७ वर्षीय सन्दिप खत्री, काभ्रेपलाञ्चोक धुलिखेल नगरपालिका–१ घर भई नयाँठिमी बस्ने १७ वर्षीय विवेक अधिकारी हराइरहेकोे प्रहरीले जनाएको छ। नदीबाट दुईजनालाई जीवितै उद्धार गरिएको थियो। रासस