१ कार्तिक २०८३, शनिबार

ब्राहृमण, क्षेत्री, ठकुरी र दशनामीहरु भन्छन्–नेपाललाई रुवाण्डा र सुडान नबनाऔँ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २ कार्तिक  ।  जातीय आधारमा राज्यको पुनःसंरचना हुनु पर्ने माग विभिन्न जातीवदी दलहरुले गरिरहेका बेला क्षेत्री, ब्राहृमण, ठकुरी, दशनामी लगायतको संयुक्त संघर्ष समितिले भने त्यसको विरोध गरेको छ ।

संयुक्त संघर्ष समितिले आइतबार राजधानीमा पत्रकार सम्मेलन गरी भाषा र जातिको आधारमा प्रदेशहरु  बनाइए कढा आन्दोलन गर्ने चेतावनी दिएको छ ।
संघर्ष समितिले नेपाललाई जातीय आधारमा राज्यको पुनःसंरचना  गरे मुलुक जातीय द्वन्द्वमा फस्ने चेतावनी सुझाव समेत दिएको छ ।

भाषा र जातीका आधारमा राज्य पुःनसंरचना गर्ने हो भने नेपालको हालत पनि रुवाण्डा र सुडानको जस्तो हुन्छ,’ संघर्ष समिति अध्यक्ष प्राडा दिलबहादुर क्षेत्रीले  भन्नुभयो, ‘पाँच विकास क्षेत्रलाई नै पाँच प्रदेश बनाउनु उपयुक्त हुन्छ ।’

समितिले कात्तिक २२ गतेसम्म प्रत्येक जिल्लामा संघर्ष समितिहरु गठन गर्ने, २३ गते देशभरका जिल्ला प्रशासन कार्यालयमार्फत सरकारलाई ज्ञापन पत्र बुझाउने, २५ गते प्रधामन्त्री, संविधानसभा अध्यक्ष तथा विभिन्न दलहरुलाई ज्ञापनपत्र बुझाउने र मंसिर ६ गतेदेखि २७ गतेसम्म पाँचै विकास क्षेत्रमा आमसभा गर्ने लगायतका विभिन्न संघर्षका कार्यक्रम समेत सार्वजनिक गरेको छ ।