काठमाडौँ, २ कार्तिक । कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत तेजबहादुर बुढाथोकी बर्खास्त भएका छन् ।
उनलाई बैंकको सञ्चालक समितिले कार्यसम्पादन चित्त बुझ्दो नभएको भन्दै बर्खास्त गरेको हो ।
बैंकका सञ्चालक क्षेत्रबहादुर सैंजुवालको संयोजकत्वमा गठित कार्यसम्पादन मुल्यांकन प्रतिवेदनका आधारमा सञ्चालक समितिले बुढाथोकीलाई हटाएको स्रोतले बताएको छ । बुढाथोकी आफ्नो कार्यकाल सकिन १३ महिना अघि नै बर्खास्त भएका हुन् ।
बुढाथोकीलाई विभिन्न व्यक्ति तथा संस्थालाई प्रक्रिया नपुर्याई कर्जा दिइएको आरोपमा यस अघि अख्तियार र नेपाल राष्ट्र बैंकले पनि दवाव दिएका थिए । बुढाथोकी डा. बाबुराम भट्टराईका पालामा नियुक्ति भएका हुन् । त्यति बेला पनि उनी विवादमा तानिएका थिए ।
सञ्चालक समितिको बैठकले बुढाथोकीलाई बर्खास्त गरे लगत्तै बरिष्ठ नायव महाप्रबन्धक अनिल उपाध्यायलाई निमित्त प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिएको छ ।













प्रतिक्रिया