१ कार्तिक २०८३, शनिबार

सिटौलाले भने– सबै दल र सभासदलाई सहमतिमा ल्याउन जरुरी छैन

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

krishna-sitaulaकाठमाडौँ, २ कार्तिक  ।  संविधान मस्यौदा समितिका सभापति  कृष्णप्रसाद सिटौलाले सहमति नभएका विषयमा प्रश्नावली बनाएर टुंगो लगाउनु पर्ने बताउनु भएको छ ।
कात्तिक १५ अघि नै संविधानसभा र संवाद समितिले संविधानको अन्तरवस्तुमा सहमति र सहमति नभएका विषयमा प्रश्नावली बनाएर नबुझाउने हो भने माघ ८ मा संविधान जारी गर्न नसकिने भन्दै उहाँले यस्तो बताउनु भएको हो ।
आइतबार सिंहदरवारमा आयोजित पत्रकार सम्मेलनमा सिटौलाले संविधानका मूलभूत अन्तर्वस्तुहरुमा सहमति जुटाउन शीर्ष नेताहरुले धेरै समय लिनु नहुने समेत जिकिर गर्नुभयो ।  उहाँले सहमतिका नाममा अब  पनि समय खेर फाल्ने हो भने समयमा संविधान जारी नहुने प्रष्ट पार्नुभयो ।

‘सबै दल र सभासदहरुलाई सहमतिमा लिन नसकिने भन्दै उहाँले संवाद समिति र संविधानसभाले पठाउने बित्तिकै मस्यौदा समितिले प्रारम्भिक मस्यौदा तयार पार्ने जानकारी दिनुभयो ।
‘उहाँले माघ ८ मा संविधान जारी नभए त्यसपछि हुने कुनै ग्यारेन्टी नभएको पनि प्रष्ट पार्नुभयो ।