१ कार्तिक २०८३, शनिबार

संघीय समाजवादी पार्टीका केन्द्रीय सदस्य जुवाको खालबाट समातिएपछि…

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Juwa-tas

सुनसरी, २ कार्तिक ।  धरानको एक रेष्टुरेन्ट एण्ड वार भित्र तास खेलिरहेको अवस्थामा  संघीय समाजवादी पार्टी नेपालका केन्द्रीय सदस्यसहित नौं जना पक्राउ परेका छन् ।

सुनसरीको धरान–१३ स्थित चौतारी रेष्टुरेन्ट एण्ड वारबाट उक्त पार्टीका केन्द्रीय सदस्य भिम राइ सहित ९ जना प्रक्राउ परेको प्रहरीले जानकारी दिएको छ ।
धरान प्रहरीले तीन बुङ ताससहित ६२ हजार नगदसमेत बरामद गरेको छ ।

स्थानीयले दिएको सूचना तथा विशेष सुराकीको आधारमा छापा मार्ने क्रममा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जानकारी दियो ।

पक्राउ परेका सबैलाई जुवा ऐन अन्तरगत मुद्धा दर्ता गरिने इलाका प्रहरी कार्यालय धरानले जानकारी दिएको छ ।