२९ आश्विन २०८३, बिहिबार

कतारमा नेपाली फुटबल टिमले जित्यो एक हजार डलर नगद र ट्रफी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रवि रोषी
1

दोहा । कतारमा नेपाली फुटबल टिमले पुनः नगद राशि एक हजार डलर सहित ट्रफी जित्न सफल भएको छ । कतारको अल अरबी स्पोर्टस क्लवमा सम्पन्न खेलमा कतारको ३ सिसी फुटबल टिमलाई १ को बिरुद्ध ३ गोलले पराजित गरी नगद राशि हात पार्न सफल भएको हो ।

2
खेलको सुरुवाती क्रममा नेपालले ३ सिसी बिरुद्ध १ गोल प्रहार गरी खाता खोल्न सफल भए पनि त्यसको लगत्तै ३ सिसी टिमले नेपालको बिरुद्ध १ गोल गरी आफ्नो पक्षलाई बराबरीमा पुर्याएको थियो । खेलको दोश्रो चरणमा नेपालले ३ सिसी बिरुद्ध लगालग २ गोल गरी आफुलाई विजयी बनाउन सफल भएको हो ।

3

कतारको सुप्रसिद्ध अल अहली क्लवको आयोजकत्वमा चितवन युवा समूहले समन्वयकारी भूमिका निर्वाह गरेको थियो । अल अहली क्लवका व्यवस्थापक नासरले नगद राशी सहित ट्रफी प्रदान गरेका थिए ।