३० आश्विन २०८३, शुक्रबार

त्रिविले पाँच दिनमै ट्रान्सक्रिप्ट दिन थाल्यो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

TU_buildingकाठमाडौं, २ कात्तिक । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले पाँच दिनभित्रै विद्यार्थीको ट्रान्सक्रिप्ट दिन सुरू गरेको छ।

धेरै दिन पर्खनुपरेको गुनासो बढेपछि उपकरण भित्र्याएर छिटो दिने व्यवस्था गरिएको हो।

यसअघि माग गरेको १५ दिनपछि मात्र पनिकाले ट्रान्सकृप्ट दिने गरेको थियो। ट्रान्सकृप्टसँगै ओरिजिनल सर्टिफिकेट १५ दिनमा र प्रोभिजनल सर्टिफिकेट तीन दिनमा दिन थालिएको परीक्षा नियन्त्रण कार्यालयका सहनियन्त्रक शंकर भण्डारीले जानकारी दिएको समाचार आजको नयाँ पत्रिका दैनिकले छापेको छ ।

पहिले ट्रान्सकृप्ट प्रिन्ट हुने कोठा एउटै भएकोले धेरै समय लाग्ने गरेको थियो। अहिले हरेक तह र संकायका टद्ब्रान्सक्रिप्ट प्रिन्ट गर्ने छुट्टा-छुट्टै कोठाको व्यवस्थापन गरिएको छ।

यसै गथरी रजिष्ट्रेसन लिने समस्या पनि समाधान हुने भएको छ। करिब ६ वर्षयता विद्यार्थीले समयमै भर्ना भएपनि रजिष्ट्रसन नम्बर नपाउने समस्या रहँदै आएको छ।