३० आश्विन २०८३, शुक्रबार

निगमको मासिक नाफा झण्डै ४८ करोड

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

nepal_oil_corporationकाठमाडौ, २ कात्तिक । अन्तराष्ट्रिय बजारमा इन्धनको मूल्यमा आएको गिरावटले नेपाल आयल निगमको नाफा बढाइ दिएको छ ।

भारतीय आयाल कर्पोरेसन (आइओसी)ले बिहिबार पठाएको नयाँ मुल्य अनुसार अक्टोबर महिनामा निगमको नाफा ४७ करोड ६९ लाख रुपैयाँ हुने देखिन्छ ।

१५ दिनयता घटेको मूल्यले निगमको नाफा थप बढाएको हो ।

यसअघिको प्रक्षेपण अनुसार यस महिना अक्टोबरमा निगमलाई २६ करोड १४ लाख रुपैयाँ नाफा हुने थियो ।

निगमले दुई साता अघि मात्रै लागु गरेको स्वचालित मुल्य लागु गरेको भए निगमको नाफा केहि कम हुने थियो । तर निगमले मूल्य घटेर आएपनि अझै समायोजन गरेको छैन ।

अन्र्तराष्ट्रिय बजारमा इन्धनको भाउ घटेपछि आइओसीले पठाएको मुल्य अनुसार निगमको नाफा बढेको हो ।

अन्र्तराष्ट्रिय बजारमा मुल्य घटेपछि आइओसीले भारतमा पनि पेट्रोलमा प्रति लिटर एक रुपैयाँ घटाएको थियो । तर, नेपालमा भने लागु गरिएको छैन ।

सरकारले असोज १३ गतेबाट पेट्रोलियममा स्वाचालित मुल्य  प्रणाली लागु गरेको थियो । प्रणाली लागु भए पेट्रोल र डिजेलको मुल्यमा उपभोक्ताले केही राहत पाउनेछन ।

तर, निगमको नाफामा केही कमी हुने भएकाले मुल्य यथावत राखेको समाचार आजको कान्तिपुर दैनिकले छापेको छ ।

निगमका प्रबत्ता मुकुन्द्र प्रसाद घिमिरेले निगमको सन्चालक समितीको बैठक नबसेकाले मुल्य समायोजन नभएको जानकारी दिए ।

‘सन्चालक समितीको बैठक बसेर समायोजन गर्ने तयारी थियो,’ उनले भने, ‘तर, बैठक बस्न सकिएन ।’ उनले आइतबारसम्म सन्चालक समितीको बैठक बसेर निर्णय अनुसार समायोजन हुने बताए । ‘बैठक बसेपछि बल्ल घटबढ हुने सक्छ,’ उनले भने ।