पोखरा , १ कात्तिक । अर्थमन्त्री डा. रामशरण महतले पोखरामा निर्माण गरिने अन्तर्राष्ट्रियस्तरको क्षेत्रीय विमानस्थलको निर्माण कार्य अघि बढाउन सबै मन्त्रालय र राजनीतिक दल सकारात्मक भएको बताउनु भएको छ ।
पोखरा उद्योग वाणिज्य संघले शनिबार आयोजना गरेको स्वागत तथा छलफल कार्यक्रममा बोल्दै मन्त्री डा. महतले प्रक्रिया मिलाउन केही समय लागेको भन्दै यसै वर्ष सुरु हुने बताउनुभयो ।
दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल राष्ट्रिय गौरवको आयोजना भएको उहाको भनाई थियो । उहाँले पोखरावासीलाई विमानस्थलकै लागि भनेर जुलुस धर्ना र आन्दोलन नगर्न आग्रह गर्दै वैदेशिक ऋण प्राप्त नभए आन्तरिक स्रोतबाट भए पनि निर्माण कार्य अघि बढाउने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रममा बोल्दै म्याग्दीदेखि मुस्ताङसम्मको बाटोमा कालोपत्र ,मध्य पहाडी राजमार्ग, अपर मस्र्याङ्दी र सेती जलविद्युत् आयोजनाको निर्माण अघि बढ्न लागेको पनि जानकारी दिनुभयो ।













प्रतिक्रिया