महोत्तरी, १ कार्तिक । घर नजिकै धारामा नुहाउन गएकी १९ वर्षीया अपहरणमा परेकी छिन् ।
मोटरसाइकलमा आएका दुई युवाले ती महिलालाई अपहरण गरेका हुन् । महोत्तरीको लक्षिमनियाँबाट अपहरणमा परेही ती महिला वेपत्ता छिन् ।
महोत्तरी प्रहरीका अनुसार महिलाको अपहरणको कारण खुल्न सकेको छैन ।
सुरक्षाका कारण भन्दै प्रहरीले ती महिलाको नाम गोप्य राख्न सञ्चार माध्ययमलाई आग्रह गरेको छ । प्रहरीले अपहरणकारीको खोजतलास जारी राखेको छ ।















प्रतिक्रिया