२९ आश्विन २०८३, बिहिबार

मिर्गौलाले समेत काम गर्न छाडेकी गंगामाया न्यायको अन्तिम पर्खाइमा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Ganga-maya-adhikariकाठमाडौं, १ कार्तिक । छोराको हत्यारालाई कानुनी कारबाही माग गर्दै  अनशन मै बसेका बेला  गत असोज ६ गते निधन भएका गोरखा फुजेलका नन्दप्रसाद अधिकारीको शव अहिलेसम्म उठ्न सकेको छैन ।

उनीसँगै अनशनमा बसेकी पत्नी गंगामाया अधिकारी पनि अहिले जीवनको अन्तिम स्वास फेर्दै  वीर अस्पतालको शैयामा रहेकी छिन् ।
चिकित्सकहरुका अनुसार गंगामायाको पनि अवस्था अहिले जटिल रहेको छ ।
गंगामायाको जीवन वचाउन पछिल्लो तीन दिनमा मात्र  दुई पाउन्ड रगत दिइए छ । तर, उनको स्वास्थ्यमा कुनै सुधार आएको छैन ।

टीपीएन (पोषणयुक्त औषधि) का साथमा पछिल्लो समय उनलाई दिन थालिएको ग्लुकोजपानीले समेत काम गर्न छाडेको उनको उपचारमा संलग्न चिकित्सकहरुले जानकारी दिएका छन् ।
चिकित्सकहरुका अनुसार गंगामायाको मिर्गौलाले काम गर्न छाडेको छ भने शरीरमा रक्तकोष पनि अत्यन्तै कम भएको छ। क्याल्सियम र भिटामिन कमी हुँदा उनको स्वास्थ्य नाजुक भएको हो ।

मानसिक रूपमा समेत अत्यन्तै कमजोर भएकी उनलाई परामर्श दिन मनोचिकित्सक खटिएका छन् । तर, उनीहरुको प्रयास समेत  असफल भइरहेको छ।
छोरा र पति वियोगले छटपटाइरहेकी गंगामाया कहिले डाँको छोड्छिन्, कहिले मौन बन्छिन । अहिले गंगामायाको पछिल्लो अवस्था देखेर चिकित्सकहरुले पनि हार खाएका छन् । ‘गंगामायाको अवस्था पनि नन्दप्रसादको जस्तो नहोला भन्न सकिन्न,’ एक चिकित्सकले दैनिक नेपाल डटकमसँग भने ।
पिता नन्दप्रसालको मृत्युपछि केही सञ्चार माध्ययममा पिताको शव नवुझ्ने चेतावनी दिए लगत्तै सम्र्पक विहीन बनेका नुनप्रसाद मात्र होइन अहिले गंगामाया भेट्न कुनै पनि आफन्त अस्पताल पुगेका छैनन् ।  गंगामायाको रेखदेख र परार्शका लागि चिकित्सक, नर्स र मानवअधिकारकर्मीको एउटा टोली बिहान १० देखि ५ बजेसम्म खटिने गरेको अस्पतालले जानकारी दिएको छ ।

सरकारले गंगामायको मागप्रति सुनुवाई नगर्दा उनीहरुको प्रयाससमेत असफल बन्ने निश्चित जस्तै भएको छ ।