काठमाडौं, ३१ असोज । राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय सहायक मन्त्री एवं जिल्ला विकास समिति लमजुङका पूर्व सभापति हेमजङ गुरुङलाई मातृशोक परेको छ ।
सहायक महामन्त्री गुरुङकी आमा बसन्तकुमारी गुरुङको ८८ बर्षको उमेरमा शुक्रबार साँझ महाराजगन्जस्थित शिक्षण अस्पतालमा निधन भएको हो । मृत शरीरको शुक्रबार राति नै पशुपति आर्यघाटमा दाहसंस्कार गरिँदैछ । आमाको निधनपछि गुरुङ परिवार शोकमा डुबेको छ ।
घनपोखरा तमु सेवा समाज, काठमाडौंका अध्यक्ष रेखीप्रसाद गुरुङले मृतात्माको चीरशान्तिको कामना गर्दै शोक व्यक्त गरेको छ ।















प्रतिक्रिया