१ कार्तिक २०८३, शनिबार

कांग्रेस–एमालेलाई जनताले कठालोमा समातेर पछार्ने राईको चेतावनी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Ashok-Raiकाठमाडौँ, ३१ असोज । खुल्लामञ्चमा आयोजित २२ दलको विरोधसभामा बोल्दै संघीय समाजवादी पार्टीका अध्यक्ष अशोक राईले कांग्रेस– एमालेलाई जनताले कठालोमा समातेर पछार्ने दिन अब धेरै बाँकी नरहेको बताउनु भएको छ ।

००७ सालको क्रान्तिले राणाहरुलाई  र ०४६ सालको आन्दोलनले पञ्चायतलाई पछारेको प्रसङ्ग कोट्याउँदै उहाँले ०६२–०६३ को आन्दोलन र माओवादी जनयुद्धले राजालाई पछारेको र अब हुने आन्दोलनले कांग्रेस र एमालेलाई कठालोमा समातेर पछार्ने चेतावनी दिनुभयो ।
संविधानसभाबाट संविधान नआए सडकबाटै संविधान बन्ने उहाँको दाबी थियो ।