२९ आश्विन २०८३, बिहिबार

नेपाली तराई संघ अमेरिकाको तेश्रो हुस्टन टेक्सास सम्मेलन अन्तिम तयारीमा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

22222

विजय थापा
भर्जिनिया । आगामी अक्टोबर १८ तारिख ,अमेरिकाको टेक्सास राज्यको हुस्टनमा एसोसिएसन अफ नेपाली तराईन इन अमेरिका (आन्टा) तेश्रो सम्मेलनको तयारी अन्तिम अवस्थामा पुगेको जानकारी अध्यक्ष ललित झाले दिएका छन्  ।

उक्त एक दिवसीय सम्मेलनमा अमेरिकाका विभिन्न राज्यहरुबाट वक्ता ,अतिथि ,आमन्त्रित विशेष व्यक्तित्वहरु सहभागी हुने भएकाछन् । उक्त कार्यक्रमको लागि भौतिक योजना तथा निर्माण मन्त्रि बिमलेन्द्र निधिलाई आउने भनिएता पनि वहाको कार्य व्यस्तताले गर्दा अमेरिका आउने कार्यक्रम रद्ध भएको जानकारी अध्यक्ष झाले दिए ।

सम्मेलनको मुख्य नारा सांस्कृतिक एकीकरणको माध्यमबाट मधेशी पहिचानको प्रवर्धन गर्ने रहेको छ । तेश्रो सम्मेलनको लागि कार्यक्रम सुची पूर्ण तयारी भै सकेको छ । उक्त कार्यक्रमको समुद्घाटनमा अमेरिकामा रहेका बिभिन्न संघ तथा संस्थाका प्रतिनिधिहरुलाई वक्ताहरुको सुचिमा राखी अग्रिम नाम समेत प्रकाशित गरिएको छ ।

प्रमुख अतिथि प्रा.डा बिरेन्द्रकुमार मल्लिकलाई तय गरिएको छ भने नेपाली दुतावासका कार्यवाहक राजदुत ऋषिराम घिमिरे विशेष अतिथि रहनु हुनेछ  । संस्थापक अध्यक्ष रतन झा ,पुर्व अध्यक्ष तथा अमेरिकाको तर्फबाट गैर आवासीय नेपाली संघ अन्तरराष्ट्रिय समन्वय समितिको सदस्य डा. बिनोद शाहको पनि सहभागिता हुने भएको छ ।

दिनभरी चल्ने सत्रहरूमा, नेपाल र अमेरिकामा तराईन र सामाजिक सांस्कृतिक एकीकरण र आन्टाको भूमिका , तराईन महिला  नेपाल र अमेरिकामा, अवसर,चुनौती तथा आन्टाको भूमिका, आन्टाको भूमिका बारेमा कार्यशाला  हुने पनि जानकारी अध्यक्ष झाले गराएका छन् ।

यसैगरी नेपाली तराई संघ अमेरिकाको (आन्टा) को गोलमेच तथा सांस्कृतिक कार्यक्रम ,पुरस्कार वितरणको साथै बार्षिक प्रतिवेदन आदि समेतको घोषणा गरिने भएको छ ।