३० आश्विन २०८३, शुक्रबार

हराएको रसिद दुरुपयोग

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

mahanarpalika KTMकाठमाडौं, ३१ असोज । काठमाडौं महानगरपालिकाबाट बेपत्ता भएको राजस्व रसिद दुरुपयोग भइरहेको पाइएको छ ।

हराएको बन्डलमध्येको एक प्रतिबाट अबैध रुपमा राजस्व संकलन गरिएको भेटिएको हो ।

एक वर्षअघि महानगरपालिकाबाट एक हजारप्रतिका २० बन्डल  राजस्व रसिद गायव भएका थिए ।

महानगरपालिका मातहतको वडा नम्बर ११ मा राजस्व संकलन गरिएको अवस्थामा रसिद भेटिएको हो ।

सो रसिदबाट अभिनव विसेप ठकुरीसँग घरजग्गा करबापत २६ हजार ६ सय २८ रुपैयाँ राजस्व असुली भएको समाचार आजको नयाँ पत्रिका दैनिकले छापेको छ ।

रसिदमा सिरियल नम्बर २६४६९२ उल्लेख गरिएको छ । रसिद काटिएको मिति भने २८ मंसिर २०७० उल्लेख छ ।

वडा नम्बर ११ का सहायक प्रशासक प्रमुख प्रकाश खड्काले हराएका रसिद राजस्व संकलन भएको अवस्थामा  फेला पारेका हुन् ।