काठमाडौं, ३० असोज । गाँजासहित पक्राउ परेका पूर्वयुवराज पारस शाहलाई नेपाल ल्याउन उनकी बहिनी काकाकी छोरी सीताष्मा थाइल्याण्ड पुगेकी छिन् ।
सीताष्मा पूर्वअधिराजकुमार धीरेन्द्रकी माइली छोरी हुन् । पारसलाई धरौटीमा रिहा गर्न सीताष्माले पूर्वराजा ज्ञानेन्द्रसँग थप रकम पनि लिएर गएको स्रोतले बतायो । तीन दिनअघि पारसका पूर्वसहयोगी राजेश सिंह पनि निर्मल निवासबाट पैसा लिएर उतै गएका थिए ।
पारस फर्कने पक्का भएपनि हिमानी पनि लिन जाने बताइएको छ । सीताष्माले तिहारमा टीका पारसलाई बैंककमा नै लगाइदिने स्रोतले बताएको समाचार आजको नयाँ पत्रिका दैनिकले छापेको छ ।
















प्रतिक्रिया