काठमाडौं, ३० असोज । कारागारका चौकीदार र नाईकेले अत्याचार गरेको भन्दै नख्खु कारागारा कैदीले कारागारको एउटा ब्लक नियन्त्रणमा लिएका छन् । कारागारको सि ब्लकमा रहेका २ सय २३ जनाले आन्तरिक प्रशासनका चौकीदार सहित ३८ जनालाई बाहीर राखेर भित्रबाट ताल्चा लगाएका हुन् ।
खानपिन, खेलकुदलगायतका कुरामा बिभेद गरेर अत्याचार भएको भन्दै सोमबारदेखि उनीहरुले भित्रबाट ताल्चा लगाएर ब्लक नियन्त्रणमा लिएको जेलर चक्रपाणी गौतमले बताएको समाचार आजको कान्तिपुर दैनिकले छापेको छ ।
उनका अनुसार ब्लकका मुख्य चौकीदार दलसेर अस्थामीलगायत आन्तरिक प्रशासनका ३८ जनालाई बाहिर राखेर कैदीहरुले भित्रबाट ताल्चा लगाएका हुन् । ति ३८ लाई डी ब्लकमा राखिएको छ । लागूऔषध मुद्धामा कैद सजाय काटिरहेका ब्यक्ति हुन् ।
जेलर गौतमले आफूहरुले सोमबार साँझ थाहा पाएपछि बिबाद सल्टाउन धेरै प्रयास गरेको बताए । कसैले गलत गरेको भए छानविनपछि कारबाही हुन्छ, उनले भने, तर उनीहरु आन्तरिक प्रशासनका ३८ जनालाई नै तुरुन्त सरुवा गर्नुपर्ने अडानमा छन् ।
ब्लक नियन्त्रणमा लिनेमा विराटनगरका कुख्यात गुण्डा अभिषेक गिरी, कपिलबस्तुको लुम्बिनीका डाँका, अपहरण जस्ता झण्डै एक दर्जन मुद्धा खेपिरहेका भोले बाबा भनिने शम्भु गौतमलगायत छन् ।















प्रतिक्रिया