विजय थापा
भर्जिनिया । अमेरिकाको म्यारिल्याण्ड राज्यको बाल्टिमोरमा सन् २००४ मा स्थापना भएको बाल्टिमोर एसोसिएसन अफ नेपलिज इन बाल्टिमोर ९बाना०को दशैँ तिहार साँझ २०७१ भब्यताको साथ सम्पन्न भएको छ
।
बानामा दुई पदावधि अध्यक्ष बनेका ब्यबसायी विजय श्रेष्ठको अन्तिम कार्यकालको अन्तिम सांगीतिक साँझ स्मरणीय बन्न पुगेको छ । नेपाली चलचित्रसँग सम्बन्धित ख्यातीप्राप्त नायिका ऋचा घिमिरे र उषा पौडेलको प्रस्तुतिले शुभकामना साँझमा रौनक ल्याएको दर्शकहरुले बताए ।

पौडेल केहि महिना देखि अमेरिकामा छिन् । उनले कलाकार मिलन लामासँग अभिनय प्रस्तुत गरेकी थिइन् ।
उक्त सांस्कृतिक साँझमा नेपालबाट अमेरिका पुगेकी लोक गायिका सुनिता दुलालले केहि लोक गीत प्रस्तुत गर्दै दर्शकलाई नचाएर मनोरञ्जन प्रदान गरेकी थिइन् भने लोक गायक प्रेमराजा महतले पनि उनलाई साथ दिएका थिए ।

ख्यातीप्राप्त गायक तथा गायिका सन्जिब प्रधान तथा सरिश्मा अमात्यले चर्चित गीतहरु प्रस्तुत गरेका थिए भने स्थानीय कलाकारहरु भगवान भण्डारी, मिलन लामा तथा देव किरण शाहीले पनि भरपुर मनोरञ्जन दिलाएका थिए ।
यसैगरी प्रतिभा गुरुङ, दिपा गुरुङ ,रन्जिता श्रेष्ठ ,सर्यु राजभण्डारी ,किर्ति ज्ञवालीको साथै स्थानीय कलाकारहरुको बेजोड प्रस्तुति रहेको थियो । वासिंटन डिसी नेपाली दुतावासका कार्यबाहक राजदुत ऋषिराम घिमिरे तथा म्यारिल्याण्ड तथा पेंसेल्भानियाका लागि नेपाल सरकारको तर्फबाट अवैतनिक महाबाणिज्य दुत प्रेमराजा महतले शुभकामना दिनुभएको थियो भने अन्य अतिथिहरुले पनि शुभकामना दिएका थिए ।

उक्त कार्यक्रममा अध्यक्ष विजय श्रेष्ठले बाल्टिमोरमा सामुदायिक भवन निर्माण गर्ने पहल हेतु भवन निर्माण समिति समेत बनाईएको चर्चा गर्दै सहयोग गर्ने बचन बचनबद्धता गरेको उल्लेख गर्दै सबैलाई सहयोग गर्न आग्रह गर्दै आफ्नो पदावधिको अन्तिम कार्यक्रम रहेको बताउदै शुभकामना दिएका थिए ।
नेपाली कला र संस्कृतिको संरक्षण तथा प्रबर्धनमा सहयोग गरौ भन्ने मुल नाराको साथ दशैँ तिहार शुभकामना साँझ सफलता पूर्वक सम्पन्न गरिएको छ ।















प्रतिक्रिया