२९ आश्विन २०८३, बिहिबार

हिमपातमा परी मुस्ताङ र मनाङमा मर्नेको संख्या २४ पुग्यो

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

himpat_mustangकाठमाडौं, २९ असोज । हुदहुद आँधीका कारण मुस्ताङको थोराङपासमा हिमपहिरोमा परी  १६ जनाको र मनाङमा ८ जनाको मृत्यु भएको छ ।

मुस्ताङका प्रमुख जिल्ला अधिकारी बाबुराम भण्डारीका अनुसार अन्नपूर्ण ट्रेकमा गएका ९ जना नेपाली र ७ जना विदेशी नागरिकको हिमपातमा परी मृत्यु भएको पुष्टि भएको छ । १९ जनाको भने उद्दार गरिएको छ ।

नेपाली सेनाको हेलिकोप्टरसहितको टोली उद्दारमा खटिएको छ ।

यस्तै मनाङमा ८ जनाको मृत्यु भएको छ । नारमा ३ र फूमा ५ जनाको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी देवेन्द्र लाछिानेले जानकारी दिनुभयो ।

उहाँ अनुसार नारमा तीन नेपालीको मृत्यु भएको छ । फूमा चार क्यानेडियेली र एक भारतीय नागरिकको मृत्यु भएको छ ।
भारतीय हुदहुद समुद्री आँधीको प्रभावले नेपालको मौसममा परिवर्तन आएपछि हिमाली जिल्लामा भारी हिमपात भएको थियो ।