विराटनगर, २९ असोज । जिल्ला प्रहरी कार्यालय मोरङले विराटनगरको गुद्रीबाट मंगलबार साँझ तीन लाख रुपैयाँबराबरको पटाकासहित चारजनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक प्रभुप्रसाद ढकालका अनुसार विराटनगर–२ को दुर्गा भेराइटिज पसलको गोदाममा लुकाई राखिएको माल्टा बारुद, रकेट बम, मिनी बुलेट चक्लेट बम लगायतका तीन लाख मूल्य बराबरको पटाका बरामद गरिएको हो ।
पक्राउ पर्नेमा पसल सञ्चालक विराटनगर–१४ का दिनेश अग्रवाल र पटका ओसारपसारमा संलग्न मोरङ जम्टोकी–२ का सञ्जीव मुखिया, रामचन्द्र मण्डल र सुरज मण्डल रहेको प्रहरीले जनाएको छ ।















प्रतिक्रिया