सोलुखुम्बु, २९ असोज । दशैँ पर्वको बिदापछि कार्यालय सञ्चालन भएको लामो समयसम्म पनि गाविससचिव कार्यालयमा हाजिर नहुँदा एकै जनाले दर्जनभन्दा बढी गाविसको कार्यभार सम्हाल्नुपरेको छ ।
लोखिम गाविसका सचिव रोजन खत्रीले जुभिङ, बासालगायत १५ वटा गाविसको कार्यभार सम्हाल्नुभएको छ ।
त्यस्तै नेचाबेतासे गाविसका सचिव ख्यामहादुर खतिवडाले अहिले सल्लेरी, नेचाबेतघारी, काँगेललगायतका १३ वटा गाविसको कार्यभार सम्हाल्नुपरेको छ । अहिले गाविसमा नागरिकताको सिफारिस, पञ्जीकरणसम्बन्धी कामलगायत अन्य सिफारिसका काम आउने गरेको गाविस सचिव ख्यामराज खतिवडाले जानकारी दिनुभयो ।
अधिकांश गाविस सचिव तिहार मनाएर मात्र जिल्लामा फर्कने भएकाले एकै व्यक्तिले दर्जनभन्दा बढी गाविसको कार्यभार सम्हालिरहनुपरेको हो । रासस















प्रतिक्रिया