काठमाडौं, २९ असोज । विद्युत प्राधिकरणका विभिन्न तहका करिव १ हजार ७ सय पदका लागि १ लाख भन्दा बढीको आवेदन परेको छ ।
प्राधिकरणले दोब्बर दस्तुर तिरेर आवेदन बुझने काम जारी रहेको जनाएको छ ।
प्राधिकरणले भदौं २२ मा ३ देखि १० तहसम्मका १ हजार ६ सय ८९ पदपूर्तिका लागि विज्ञापन प्रकाशन गरेको समाचार आजको कान्तिपुर दैनिकले छापेको छ ।
आवेदन दिने नियमित अवधि गत शुक्रबार सकिएको छ । त्यस अवधिसम्म १ लाख ५ सय ३४ आवेदन परेको प्राधिकरण प्रशासन निर्देशनालयले जनाएको छ ।















प्रतिक्रिया