काठमाडौं, २९ असोज । प्रधानमन्त्री सुशील कोइरालाले भ्रष्टाचारमा ठूला मान्छेले छुट पाएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई कडाइ गर्न निर्देशन दिएका छन्।
विनियोजन विधेयकमाथि छलफलका क्रममा मंगलबार संसद्मा बोल्दै प्रधानमन्त्री कोइरालाले भने । यहाँ त सानासाना मान्छे पक्रिएका छन्। ठूल्ठूला मान्छे छुटेका छन्। मैले यसमा कडाइ गर्न भनिसकेको छु।
प्रधानमन्त्रीले साना मान्छे मात्र पक्राउ परेको भन्दा सभासद्ले ताली बजाएका थिए। मैले अख्तियारलाई हलुको तरिकाले काम नगर्न भनिसकेको छुु, कोइरालाले भने भ्रष्टाचार नियन्त्रणका निकायलाई प्रभावकारी बनाउनुपर्छ। राष्ट्रिय सतर्कता केन्द्रलाई पनि राम्ररी काम गर्न निर्देशन दिइसकेको छु।
प्रधानमन्त्री कोइरालाले भने, भारतमा ठूल्ठूला मन्त्री भ्रष्टाचारका कारण जेल गएका छन्। मैले मन्त्रिपरिषद्को पहिलो बैठकमा कुनै पनि मन्त्रीलाई भ्रष्टाचारमा परे मलाई भन्न नआउनुहोला भनिसकेको छु।
मुलुकको इतिहास भ्रष्टाचारैभ्रष्टाचारले लेखिएको स्पष्ट पार्दै कोइरालाले भने, भ्रष्टाचार गरेको प्रमाण ल्याउनुहोस्। म जोसुकैलाई पनि कारबाही गर्छु। राष्ट्रले त्यत्तिकै उन्नति गर्छ रु
कोइरालाले नयाँ संविधान बनाएर शान्ति, स्थायित्व भए सन् २०२२ मा विकासशील राष्ट्रको सूचीमा मुलुक रहने बताएको समाचार आजको अन्नपूर्ण पोस्ट दैनिकले छापेको छ ।
स्थानीय निकायको निर्वाचन नहुँदा अर्बौं रुपैयाँ बालुवामा पानी हालेजस्तो भएको दाबी गर्दै प्रधानमन्त्रीले भने, स्थानीय निकाय नहुँदा हामीले कत्रो ठूलो नोक्सानी बेहोरेका छौं।















प्रतिक्रिया