काठमाडौ, २८ असोज । बंगालको खाडीबाट फैलिएको सामुद्रिक आँधीका कारण नेपालमा देशभर बर्षात भएको छ ।
पूर्वी बंगालको खाडीबाट फैलिएको हुदहुद नामको सामुद्रिक आँधीका कारण मौसम बदली भई देशभर पानी परेको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् वरुण पौडेलले जानकारी दिनुभयो ।
उहाँका अनुसार, भारतको आन्ध्र प्रदेश हुँदै पश्चिम उत्तरतर्फ बढिरहेकाले त्यसको प्रभावस्वरूप मुलुकभर वर्षा भएको हो । सामुद्रिक आँधी भारतको छत्तीसगढको बाँटो हुँदै पश्चिम उत्तर प्रदेशसम्म आइपुग्दैछ । जसका कारण आज मध्य र पश्चिमी भेगमा भारी वर्षा हुनुको साथै देशभर बदलि हुनेछ ।
महाशाखाका अनुसार, देशभरको मौसम सफा हुन बिहीबारसम्म कुर्नुपर्नेछ । दुई दिन देखिको झरीले तापक्रम ह्वात्तै घटेको छ । बिहीबारदेखि उपत्यकासहित देशभर चिसो सुरु भई जाडो बढ्ने मौसमविदको अनुमान छ ।
















प्रतिक्रिया