काठमाडौं, २८ असोज । नेपाली काँग्रेसका उपसभापति रामचन्द्र पौडेलले नेपाली संस्कृति र साहित्य क्षेत्रका लोकप्रिय जनकवि केशरी धर्मराज थापाको निधनको खवरले आफू स्तब्ध भएको बताउनुभएको छ ।
थापाको निधनले नेपाली भाषा, साहित्य र लोकगीत एवं संगीतको क्षेत्रमा अपुरणीय क्षति पुगेको उपसभापति पौडेलले उल्लेख गर्नुभएको छ ।
उपसभापति पौडेलले आज दिनुभएको समवेदना सन्देशमा हरियो डाँडामाथि हलो जोत्ने साथी, हाम्रो तेन्जिङ नोर्गेले चढ्यो हिमाल शिखर चुचुरा र नेपालीले है माया मा¥यो बरिलै जस्ता नेपाली जनजीवनका दुःखसुख र पीरमर्कालाई जनसाधारणले बुझने भाषामा गीतसँगीत र साहित्यका माध्यमबाट स्वदेशका कुनाकुना र प्रवाससम्म समेत पुगेर नेपाली भाषा, साहित्य र गीतसंगीतको ख्याति बढाउनमा थापाले पु¥याउनुभएको योगदान नेपाल र नेपालीले कहिल्यै विर्सन सक्दैन भन्नुभएको छ ।
उहाँले यस दुखद् घडीमा स्वर्गीय थापाको आत्माको चीरशान्तिको कामना गर्दै शोक सन्तप्त परिवारप्रति हार्दिक समवेदना व्यक्त गर्नुभएको छ ।
















प्रतिक्रिया