३० आश्विन २०८३, शुक्रबार

थापा र चन्दका कारण नेकपा–माओवादी विभाजन हुँदै

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Maobadi Flagकाठमाडौं, २८ असोज । तीन वर्षअघि एमाओवादीबाट विभाजित भएर बनेको नेकपा–माओवादी फुटको संघारमा पुगेको छ।

महासचिव रामबहादुर थापा र सचिव नेत्रविक्रम चन्दको विवादका कारण पार्टी फुट्न लागेको हो ।

एमाओवादीसँग पार्टी एकताका पक्षमा उभिएका थापा र विपक्षमा उभिएका चन्दबीच विवाद बढ्दै गएको छ। विवाद चर्कदै गएपछि थापा र चन्दले एक अर्कालाई निषेध गर्न थालेका छन्।

संगठनात्मक संरचनामा आ–आफ्नै पकड जमाउन थापा र चन्दको होडबाजी बढेपछि केन्द्रदेखि तल्ला कमिटिसम्म विभाजनको रेखा कोरिएको समाचार आजको अन्नपूर्ण पोष्ट दैनिकले छापेको छ।