काठमाडौं, २७ असोज । पोखरा र सौरहामा स्तरीय होटल र रिसोर्ट संचालन गरिरहेको सम्राट ग्रुपले आन्तरिक पर्यटकका लागी ‘दिपावली अफर’ ल्याएको छ ।
पोखराको लेकसाइडमा ‘होटल ल्यान्डमार्क पोखरा’ र सौराहामा ‘ल्यान्डमार्क फरेष्ट पार्क रिसोर्ट’ मा हरेक प्याकेजमा २५ प्रतिशत छुट उपलब्ध गराउने सम्राट ग्रुपले जनाएको छ ।

छुटसँगै पोखराको होटलमा प्रतिव्यक्ति ७ हजार ७७७ रुपैयाँको दुई रात तीन दिनको प्याकेज अब ५ हजार ८ सय रुपैयाँमा उपलब्ध हुने सम्राट ग्रुपका सिइओ सीएन पाण्डेले जानकारी दिनुभयो ।
उहाँका अनुसार, सौराहामा रहेको रिसोर्टमा प्रतिव्यक्ति ९ हजार ९ सय ९० रुपैयाँको दुई रात तीन दिनको प्याकेज अब ७ हजार ५ सय रुपैयाँमा पाइने छ ।

छुटसहितको प्याकेजमा पोखरा घुम्न जाने नेपालीहरुलाई डिलक्स रुममा बस्न पाइनेछ भने हरेक दिन ब्रेकफाष्ट, साँस्कृतिक नृत्यका साथमा डिनर सुविधा, फ्रि वाईफाई, एक घण्टाको बोटिङ, कारमा आधा दिन पोखरा शहर भ्रमण, बसपार्क तथा एयरपोर्टसम्म यातायात लगायतका सुविधाहरु उपलब्ध हुनेछन् ।
त्यसैगरी, सौरहा घुम्न जाने नेपालीहरुलाई डिलक्स रुमका साथै हरेक दिन ब्रेकफाष्ट, लञ्च, डिनर, फ्रि वाईफाई, थारु गाउँ तथा सूर्यास्तको अवलोकन, थारु कल्चरल डान्स, हात्ती सफारी, बर्ड वाचिङ, हात्ती प्रजनन केन्द्रको अवलोकन लगायतका सुविधाहरु उपलबध हुनेछन् ।
















प्रतिक्रिया