२८ आश्विन २०८३, बुधबार

सरकारले नै गर्छ सेक्स खेलौनाको व्यापार गरेपछि…

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

NYT2009010620242572C

सुन्दै अचम्म लाग्ने एउटा घटनाले यतिबेला अमेरिकाको कन्सास तातेको छ । व्यापारीहरुले कर तिर्न नसकेको कारण देखाउँदै सरकार आफैले व्यापारीको सामान कब्जा गरी यौन खेलौनाको व्यापार सुरु गरेको छ ।

अमेरिकाको कन्सासमा सरकारले राज्यको राजश्वमा वृद्धि गर्ने उद्धेश्यले सेक्स टोयको अनलाइन बिक्री सुरु गरेको हो । कन्सास राजश्व विभागले गएको जुलाइमा विभिन्न ५ वटा यौन खेलौना भण्डारबाट सामानहरु जफत गरेको बताइएको छ ।

यौनखेलौना भण्डारहरुलाई बिक्री तथा मुनाफा कर बराबरको १ लाख ६३ हजार डलर बराबरको रकम नतिरेको आरोप लगाइएको थियो ।

रिपब्लिकन पार्टीका गभर्नर साम ब्राउनब्याकको यस्तो कदमलाई विपक्षी डेमेक्र्याटिक पार्टीले भने खिल्ली गरेको छ । विपक्षी नेता एन्थोनी हेन्स्लेले रिपब्लिकन सरकार राज्यको बजेट घाटाको ठूलो खाडल पुर्न अक्षम रहेकोले पोर्न व्यवसायमा लागेको भन्दै आलोचना गरेका छन् ।