१ कार्तिक २०८३, शनिबार

पुजा र हेमकुमारी जले कि जलाइयो ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

PUJA-HEMKUMARI-NEPALGANJबाँके, २७ असोज ।  बाँके ईन्द्रपुर–९ मानपुर की १९ वर्षीया पुजादेवी नाउ जलेर आगोमा जलेर घाइते भएकी छिन् ।

बच्चालाई दूध खुवाउदै गर्दा बच्चाले अचानक कोल्टे फेर्दा टुकी पल्टिदाँ आगो लागेर पुजा घाइते भएकी हुन् ।

उनको शरिरको ४५ प्रतिशत भाग जलेको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् ।

तर, काखमा रहेको बच्चालाई भने केही पनि भएको छैन ।तर, प्रहरीले भने घटना शंकास्पद भएको भनी उनका पति पवन नाउलाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ ।
पुजाकी सासु मुनकाले छोरा–बुहारीबीच पहिला झगडा हुने गरेको जानकारी दिएकाले घटन झन शंकास्पद रहेको छ ।
पुजाको श्रीमान पवनलाई प्रहरीले घरबाट भाग्दै गरेको अवस्थामा  नियन्त्रणमा लिएको थियो ।

यसैगरी नेपालगन्जको भुजईगाउँकी हेमकुमारी पनि आगोमा जलेर घाइते भएकी छिन् । घाईते हेमकुमारीको शरिरको ९० प्रतिशत भाग जलेको छ ।

उनी आइतबार राति ८ बजे जलेकी भए पनि उनलाई सोमबार विहान साढे तीन बजे मात्रै परिवारका सदस्यहरुले उपचारको लागि भेरी अञ्चल अस्पताल नेपालगन्ज पुर्‍याएका उक्त घटनालाई पनि प्रहरीले शंकास्पद भनेको छ ।

प्रहरीले घटना अनुसन्धानको लागि हेमकुमारीका पति गयाप्रसादलाई पनि नियन्त्रणमा लिएको छ ।
आगोमा जलेका पुजा र हेमकुमारी दुबैको अवस्था गम्भीर छ । घाईते दुबै जनाको भेरी अञ्चल अस्पताल नेपालगन्जमा प्रारम्भिक उपचार गरी थप उपचारको लागि काठमाडौं रिफर गरिएको छ ।