२९ आश्विन २०८३, बिहिबार

संविधानसभामा सभासदको प्रश्न–लोकतन्त्रमा जनताले आफ्ना कुरा राख्दा छातीमा गोलीको उपहार किन ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

BICC-BIG-Picture

काठमाडौँ, २७ असोज । बारामा भएको घटनामाथि संसदीय छानबिन समितिको माग गर्दै विपक्षी दलले व्यवस्थापिका–संसद्को सोमबारको बैठक अवरुद्ध गराएका छन् ।

नियमित कार्यसूचीमा प्रवेश नहुँदै प्रमुख प्रतिपक्षी एमाओवादीलगायत विपक्षी दलका सभासद् आफ्नो स्थानबाट उठेपछि सभामुख सुवासचन्द्र नेम्वाङले मधेसी जनाधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवलाई बोल्न समय दिनुभयो ।

यादवले बारा जिल्लाको सिम्रौनगढ क्षेत्रमा विद्यार्थीले सडक निर्माणको माग राखी आन्दोलन गर्दा प्रहरीले निहत्था जनतामाथि गोली प्रहार गरेको भन्दै घटनाबारे संसदीय समिति गठन, मृतकलाई सहिद घोषणा, परिवारलाई उचित क्षतिपूर्ति, जनताको मागअनुसार सडक निर्माण र मृतककै नामबाट सडकको नामकरण तथा घाइतेको उपचार र राहतको माग गर्नुभयो ।

उहाँले लोकतन्त्रमा जनताले आफ्ना कुरा राख्दा छातीमा गोली हान्ने काम भएको भन्दै सरकारले मधेसीलाई दबाउने र फसाउने व्यवहार गरेको आरोप लगाउनुभयो ।

घटनामा प्रहरीको आँखामा चोट लागेपछि जवाफी फाइरिङ गरेको भनी सरकारले आइतबार सदनमा दिएको जानकारी झुटो  भएको दाबी गर्दै उहाँले प्रहरी आफैँले गाडीमा आगजनी गरेको पाइएको उल्लेख गर्नुभयो ।

उहाँले आदेश नदिइकन गोली चलाउने कार्य भएको पाइएकाले दोषीमाथि कारबाही हुनुपर्ने माग राख्नुभयो ।

त्यसपछि प्रतिपक्षी सभासद्हरू आफ्नो स्थानबाट उठेपछि सभामुख नेम्वाङले सदनमा उठेका विषयमा सरकार र विपक्षी बसेर तत्काल निष्कर्षमा पुग्न ध्यानाकर्षण गराउँदै आधा घण्टाका लागि बैठक स्थगन गर्नुभयो ।