त्रिलोचन कोइराला
युएई । नेपाल पत्रकार महासंघ युएइको आगामी अक्टुबर १७ तारिख हुने चौथो अधिवेशनको सम्पूर्ण तयारी सकिएको युएई शाखाले जानकारी दिएको छ ।
नेपाल पत्रकार महासंघका अध्यक्ष डा. महेन्द्र बिष्ठ र उपाध्यक्ष खिलबहादुर भण्डारीको उपस्तिथिमा हुने चौथो अधिबेशन सफल बनाउन युएई शाखाले बिभिन्न समितिहरु बनाएर कार्यविभाजन गरेको बताएको छ ।
शाखाको अक्टुबर १० तारिक अधिबेश तयारीको अनुगमनका लागि बसेको बैठकमा गठित समितिहरुले आ–आफ्नु प्रगति प्रतिबेदन प्रस्तुत गरेपछि अधिवेशनको तयारी पुरा भएको शाखा अध्यक्ष अर्जुन दाहालले बताएका छन् ।
शाखाले तीन दिनसम्म बिभिन्न कार्यक्रम आयोजना गरी चौथो अधिवेशन मनाउने तयारी गरेको छ । कार्यतालिका अनुसार अक्टुबर १५ तारिख केन्दीय प्रतिनिधि स्वागत सम्मन तथा परिचयात्मक कार्यक्रम रहेको छ । अक्टुबर १६ तारिख पत्रकारिता तालिम र अक्टुबर १७ तारिख शाखाको चौथो अधिबेश तथा घोषणसभा गर्ने बताएको छ ।














प्रतिक्रिया