२९ आश्विन २०८३, बिहिबार

दाजुभाईको आत्मशान्तिमा सावित्री, बालकृष्ण ढुंगेल भने अझै फरार

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Sabitri-shrestha-dainiknepal2

काठमाडौं, २७ असोज । हत्या अभियोगमा सर्वश्वसहित जन्मकैदको फैसला सुनाएपनि एमाओवादी नेता बालकृष्ण ढुंगेललाई अझै प्रहरीले उन्मुक्ति दिइरहेको छ । सर्वोच्च अदालतले जन्मकैदको फैसला सुनाएपनि ढुंगेल लुकीलुकी हिँडिरहेका छन्, तर प्रहरीले भने नदेखेझैं अदालतको समेत अवहेलना गरिरहेको छ ।

उनै ढुंगेलविरुद्ध न्यायिक लडाईं लडिरहेकी सावित्री श्रेष्ठ भने ढुंगेलबाट हत्या गरिएका भाइ उज्ज्नकुमार श्रेष्ठ र न्यायमाग्दा माओवादीबाटै हत्या गरिएका उनका दाइ गणेशकुमार श्रेष्ठको आत्मशान्तिमा लागेकी छिन् । दाजु र भाईको नाममा स्थापित गणेश उज्जन स्मृति प्रतिष्ठानले ओखलढुंगा, रामेछाप, काभ्रे लगायतका ठाउँमा एकदर्जन भन्दा बढी स्थानमा विद्यालय भवन र शैक्षिक सामाग्री सहयोग गरिरहेको छ । त्यसका लागि एसिया फ्रेण्डशिप नेटवर्क नामक जापानी गैरसरकारी संस्थासँग प्रतिष्ठानले सहकार्य गरिरहेको छ ।

देशका विभिन्न जिल्लामा ८० वटा विद्यालय बनाइसकेको एसिया फ्रेण्डशिप नेटवर्कको सहकार्यमा प्रतिष्ठानले काभ्रेकै मंगलटार गाविसस्थित विन्धवासिनी प्राविको नयाँ बन्न लागेको छ कोठे भवनमा फर्निचर र शौचालय निर्माणका लागि दुई लाख रुपैंया सहयोग गरेको छ ।

मंगलटारमा आयोजित कार्यक्रममा प्रतिष्ठानकी संयोजक सावित्रीले सहयोग रकम हस्तान्तरण गरेकी थिइन् । सोही अवसरमा काभ्रे क्षेत्र नम्बर सभासद् तीर्थ लामा र एसिया फ्रेण्डसिप नेटवर्कका दक्षिण एसिया प्रतिनिधि गणेशमान लामाले विन्धवासिनी प्राविको छ कोठे भवनको संयुक्त रुपमा शिलान्यास गरेका थिए ।

Ganesh-lama-tirtha-lama

दाजुभाईका लागि न्यायिक लडाईं जारी रहेपनि दाजुभाईको स्मृतिमा साना साना विद्यार्थीलाई सहयोग गर्न पाउँदा खुसी लागेको सावित्रीको भनाइ छ ।

दाजु र भाईको एकसाथ हत्या भएपछि आफ्ना भदाभदैले पढ्नका लागि निकै दुःख पाएको स्मरण गर्दै सावित्रीले नेपालका अन्य बालबालिकाले त्यस्ता दुःख व्यहोर्न नपरोस भन्दै आफूले सहयोग गरेको सावित्रीको भनाइ छ ।