२९ आश्विन २०८३, बिहिबार

‘दशैँ कप–२०७१’ को उपाधी गोर्खा एफसीलाई

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

footbal-neworkविकास राज न्यौपाने
टेक्सास ,अमेरिका ।  बिजया दशमी २०७१ को  उपलक्ष्यमा  आयोजित ‘दशैँ कप–२०७१’ को उपाधी भास्तिका ड्यालस गोर्खा एफसीले जितेको छ । बेल्ट लाईन ब्वायज भने दोस्रो  भयो ।

प्रत्येक वर्ष टेक्सासको ड्यालस फोर्टवोर्थमा आयोजना गरिने फुटबल प्रतियोगितामा यो वर्ष १६ वटा टिमले भाग लिएका थिए ।

संयोजक बिनोद बिस्टका अनुुसार प्रथम हुनेलाई कपका साथै १००० अमेरिकी डलर र  दोस्रो हुनेलाई कपसँगै ५०० अमेरिकी डलर पुरस्कार राशी राखिएको थियो ।

बिजेताहरुलाई कार्यक्रमका प्रमुख अथिति नेपाली समाज टेक्सासका अध्यक्ष भुवन आचार्यले पुरस्कार प्रदान गर्नुभएको थियो। प्रतियोगितामा सर्बोतम खेलाडी उमेश पाण्डे छानिनु भएकोथियो ।