काठमाडौं, २७ असोज । न्युयोर्कमा नेपाली कन्सुलेट कार्यालयबाट दिइने सेवा पुनः सुरु हुने भएको छ।
बिगत केही महिनादेखि बन्द रहेको न्युयोर्कस्थित नेपाली कन्सुलेट कार्यालयबाट दिइने सेवा अब पुनः सुरु हुने भएको हो। एनआरएन अमेरिकाकाले कन्सुलेट सेवा सन्चालनका लागि बिगत लामो समयदेखि पहल गर्दै आएको थियो ।
नेपालमा रहेका एनआरएन अमेरिकाका अध्यक्ष खगेन्द्र क्षेत्री नेतृत्वको प्रतिनिधि मण्डलले राष्ट्रपति डा रामबरण यादबसँगको भेटमा पनि यो कुरा उठाएको थियो । प्रतिनिधि मण्डलले प्रधानमन्त्री सुशिल कोइराला, परराष्ट्रमन्त्री महेन्द्र पाण्डेसँग समेत कुरा राखेको थियो ।
कन्सुलेट सेवा सन्चालनका लागि न्युयोर्कस्थित नेपाली मिसनकै अधिकृत प्रबिन भट्टराईलाई भाइस कन्सुलरको रुपमा काम हेर्ने गरी जिम्मा दिइएको परराष्ट्र सचिव शंकर बैरगीले जानकारी दिनुभयो ।

एनआरएन अमेरिकाको प्रतिनिधिमण्डलमा एनआरएन अमेरिकाका वरिष्ठ उपाध्क्षय लोक तिवारी, उपाध्क्षय पराजुली, महासचिब कृष्ण पोख्रेल, मिडिया कोअर्डिनेटर कृष्ण केसी, सल्लाहकार शेखर ढुङेल तथा एनआरएनएका डिआरसी सोनाम लामा, आइसीसी सदस्यहरु एसी शेर्पा, डा बिनोद शाह, नबिन शेरचन, सल्लाहकार राम खरेल, एनआरएन अमेरिकाका लागि विभिन्न सहयोग गर्नुहुने कर्मा शेर्पा समेत हुनुहुन्थ्यो ।















प्रतिक्रिया