३० आश्विन २०८३, शुक्रबार

नयाँ राहदानी बिग्रिए निशुल्क बन्ने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

passport_nepalकाठमाडौं, २७ असोज । तयार भइसकेको राहदानीमा कुनै संशोधन गर्नुपरे राहदानी विभागले बिनादस्तुर नयाँ राहदानी जारी गर्ने भएको छ। हालै परराष्ट्र मन्त्रालयले संशोधन गरेको राहदानी नियमावली, २०७१ मा उक्त व्यवस्था गरिएको हो।

निवेदकले राहदानी वा यात्रा अनुमतिपत्रका लागि दिएको निवेदन फारममा टाइपिङका क्रममा त्रुटिवश विवरण गलत लेखिन गएको वा कुनै विवरण लेख्न छुट हुन गएको कारणले तयार भइसकेको राहदानीमा कुनै संशोधन गर्नुपरे जारी भएको ६ महिनाभित्र आवश्यक कागजातसहित निवेदन गरे बिनादस्तुर नयाँ राहदानी जारी गर्न सकिनेछ, राहदानी पहिलो संशोधन नियमावली, २०७१ को नियम २१ मा उल्लेख छ।

जारी भएको ६ महिनापछि सच्याउन गए नियमअनुसारको दस्तुर बुझाउनुपर्नेछ। साधारण सेवामार्फत राहदानी लिँदा सरकारलाई ५ हजार रुपैयाँ राजस्व बुझाउनुपर्छ भने द्रुत सेवामार्फत लिँदा १० हजार रुपैयाँ।
यसअघि निवेदकको गल्तीका कारण राहदानीमा त्रुटि भए निवेदकले पुनः दस्तुर तिरी नयाँ राहदानीका लागि आवेदन दिनुपर्थ्यो भने राहदानी विभागको गल्ती कारण त्रुटि भएको अवस्थामा भने विभागले बिनाशुल्क नयाँ राहदानी जारी गर्दै आएको समाचार आजको नागरिक दैनिकले छापेको छ ।