२९ आश्विन २०८३, बिहिबार

ह्वाइट हाउस कलेजका संस्थापक शर्मा प्रहरी हिरासतमा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

yubraj-sharma

काठमाडौँ, २६ असोज । उच्चमाध्यमिक विद्यालय संघ (हिसान) का महासचिव तथा मध्यबानेश्वरस्थित ह्वाइट हाउस इन्टरनेसनल कलेजका संस्थापक युवराज शर्मालाई लेनदेनसम्बन्धी कारोबारको विवादमा महानगरीय प्रहरी अपराध महाशाखा, हनुमानढोकाले हिरासतमा लिएको छ ।

मीनभवनस्थित ह्वाइट गोल्ड कलेजको स्वामित्व खरिद गर्ने सहमतिअनुसार केही पूर्वसञ्चालकले पाउनुपर्ने रकम नपाएको भन्ने उजुरीका आधारमा उहाँलाई प्रहरीले निवास बाफलबाट हिरासतमा लिई सोधपुछ गरेको हो । महाशाखाका वरिष्ठ प्रहरी उपरीक्षक पुष्कर कार्कीले शर्मालाई सोधपुछका क्रममा ल्याइएको र उजुरीकर्ता पक्षसँग छलफल गरी थप कारबाही अघि बढाइने जानकारी दिनुभयो ।

हिसानका उपाध्यक्ष रमेश सिलवालले लेनदेनका विवादमा सोधपुछका लागि शर्मालाई हनुमानढोकमा लगिएको भन्दै विवाद मिलाउन उजुरीकर्ता नै समयमा उपस्थित नभएको बताउनुभयो । पीडित पक्षका पूर्वसञ्चालक रघुराम विष्टले आफूहरूले शर्माबाट पाउनुपर्ने पाँच करोड रुपैंया बक्यौता रहेको जिकिर गर्नुभयो ।

लेनदेन विवादका विषयमा उच्चमाध्यमिक शिक्षा परिषद्ले विद्यमान कानुनमा कलेज (उमावि) लाई खरिद विक्री गर्न नमिल्ने भएकाले त्यस्तो कार्य नगर्न दुवै कलेजलाई ध्यानाकर्षण गराई सम्पत्तिसम्बन्धी विषयमा थप छानबिन गर्न अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा कागजात पठाएको थियो ।