इटहरी, २६ असोज । इटहरी नगरपालिका–८ स्थित कस्तुरी चोकमा रहेको एक सुन पसलमा सटर फोरेर गएराति चोरी भएको छ ।
मनोज सुनचाँदी कारखाना एन्ड ज्वेलर्सको सटर फोरी चोरले पसलमा राखेको ठूलो परिमाणमा गरगहना तथा पैसा चोरी गरेर लगेको छ ।
पसलमा रहेको २२ केजी चाँदी, साढे तीन तोला सुन, रु ९० हजार नगद र बन्धकी राखेको तयारी अवस्थामा रहेको गहना रु एक लाख ६० हजार बराबरको सुनका गरगहना पनि चोरी भएको पसलका सञ्चालक मनकुमार विश्वकर्माले जानकारी दिनुभएको छ ।
पसल चोरी भएको बारे आफूले बिहान ४ बजेमात्र थाहा पाएको सञ्चालक विश्वकर्माले जानकारी दिनुभएको छ ।
यता चोरीको विषयमा अनुसन्धान सुरु गरिएको र त्यसमा संलग्नहरुको खोजी भइरहेको इलाका प्रहरी कार्यालय इटहरीले बताएको छ ।















प्रतिक्रिया