काठमाडौँ, २६ असोज । गृहमन्त्री बामदेव गौतमले स्थिति नियन्त्रणमा लिन र सशस्त्र प्रहरीमाथि भइरहेको आक्रमणको आत्मरक्षाका लागि गोली चलाउनु पर्दा बारा गोलीकाण्डमा एक जनाको मृत्य भएका बताउनु भएको छ ।
आइबतारको संसद बैठकमा बारा गोलीकाण्डका विषयमा सभासदहरुले सरकारसँग स्पष्टीकरण माग गरेपछि प्रतिक्रिया दिने क्रममा उहाँले यस्तो बताउनु भएकोह हो ।
घटनाका दोषीलाई कारबाही, मृतकको परिवारलाई क्षतिपूर्ति र घाइतेलाई उपचारको व्यवस्था गर्नुपर्ने सभासदहरुले माग गरेका थिए ।
सभासद्ले उठाएका प्रश्नको गृहमन्त्री बामदेव गौतमले तत्कालै जवाफ दिदैँ त्यहाँको तनावमा अन्तिमसम्म गोली हान्न आदेश नदिएको दाबी गर्नुभयो ।
‘एक जना प्रहरीको आँखामा प्रदर्शनकारीले गम्भीर चोट लगाएपछि स्थिति नियन्त्रणमा लिन र सशस्त्र प्रहरीमाथि भइरहेको आक्रमणको आत्मरक्षाका लागि गोली चलाउनुपरेको हो,’ उहाँले भन्नुभयो ।
उहाँले उक्त घटनामा हरिहरपुरका जयनारायण पटेलको मृत्यु भएको स्वीकार गर्दै घटनाको सत्यतथ्य पत्ता लगाएर आउने प्रतिवेदनका आधारमा मृतकका परिवारलाई क्षतिपूर्ति दिन सरकार तयार रहेको जानकारी दिनुभयो ।
त्यसैगरी पीडित पक्षले राखेका मागप्रति सरकार गम्भीर र संवेदनशील समेत प्रतिक्रिया दिँदै सरकारले घटनाका दोषीमाथि कारबाही गर्नेछ प्रतिवद्धता व्यक्त गर्नुभयो ।















प्रतिक्रिया