काठमाडौँ, २६ असोज । प्रधानमन्त्री सुशील कोइरालाले एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा रहेको उच्चस्तरीय राजनीतिक संयन्त्रमा बस्न अस्वीकार गर्नुभएको छ ।
एमाओवादी अध्यक्ष प्रचण्डलाई आइतबार विहान टेलिफोन गरेर प्रधानमन्त्री कोइरालाले उच्चस्तरीय समितिमा आफू नबस्ने जानकारी गराउनुभएको हो । विपक्षी दलको नेताको संयोजकत्वमा रहेको समितिमा प्रधानमन्त्री एवम् पहिलो दलको सभापति बस्दा प्रोटोकल नमिल्ने भन्दै कोइरालाले आफू समितिको बैठकमा सहभागी नहुने जानकारी गराउनुभएको थियो ।
तर, उच्च स्तरीय राजनीतिक संयन्त्रलाई आफ्नो समर्थन भने रहेको उहाँले स्पष्ट पार्नुभयो ।
काँग्रेसबाट बरिष्ठ नेता शेरबहादुर देउवा, उपसभापति रामचन्द्र पौडेल र महामन्त्री कृष्णप्रसाद सिटौला मात्र अब संयन्त्रमा रहनेछन् ।
प्रधानमन्त्री जान नमिल्ने भनेपछि यसअघि शनिबारका लागि तय भएको संयन्त्रको बैठक स्थगित भएको थियो । बैठकमा आइतबार बोलाइएको छ ।
















प्रतिक्रिया