१ कार्तिक २०८३, शनिबार

छुट्टाछुट्टै घटनामा दुईको मृत्यु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चितवन २६ असोज । चितवनमा भएको दुई छुट्टाछुट्टै घटनामा दुईजनाको मृत्यु भएको छ ।

पूर्वी चितवनको शक्तिखोरमामा विषादी खाएर एकजनाको मृत्यु भएको छ भने गीतानगरकी एक महिलाले आत्महत्या गरेको चितवनका प्रहरी प्रवक्ता शान्तिराज कोइरालाले जानकारी दिनुभयो ।

विषादी सेवनका कारण शक्तिखोर गाविस वडा नम्बर ८ अजिङ्गरेका सोमलाल चेपाङको गएराति मृत्यु भएको प्रहरीले जनाएको छ ।

शनिबार विषादी खाएर गम्भीर अवस्थामा भरतपुर अस्पताल ल्याइएका उनको उपचारका क्रममा राति ज्यान गएको प्रहरीले जनाएको छ ।

यस्तै गीतानगरकी सरस्वती महतोले आफ्नै काकाको घरअगाडि लिचीको बोटमा झुन्डिएर आत्महत्या गरेकी छिन् ।

अन्दाजी ३०,३२ वर्षकी महतोले प्रेम सम्बन्धमा खटपट हुँदा आत्महत्या गरेको आशङ्कामा प्रहरीले अनुसन्धान सुरु गरेको जनाएको छ । दुईवटै शव परीक्षणका लागि अहिले भरतपुर अस्पतालमा राखिएको छ ।