बिहीबार, २८ कार्तिक २०७६
DainikNepal.com
बिहीबार, २८ कार्तिक २०७६

नेपालमा चार प्रतिशत बाथरोगी, कसरी लाग्छ यो रोग ?

दैनिक नेपाल २०७१ असोज २६ गते १०:१९

Bath-rog

काठमाडौँ, २६ असोज । नेपालमा चार प्रतिशत बाथ रोगी रहेको एक तथ्यांकले देखाएको छ ।

विश्व बाथरोग दिवसको अवसर पारेर नर्भिक अन्तर्राष्ट्रिय अस्पतालले आइतबार गरेको चेतनामूलक साइकल र्‍यालीमा यो जानकारी दिइएको हो । बाथरोग विशेषज्ञ डा अरुणकुमार गुप्ताले विश्वको कुल जनसङ्ख्याको १.५ प्रतिशतमा बाथरोग रहेको र शून्य दशमलब चार प्रतिशत नेपाली पनि उक्त रोगबाट प्रभावित भएको बताउनुभयो ।

चेतनाको अभावमा बाथ रोग लाग्ने गरेको बताउँदै उहाँले धूमपान, मद्यपान, लामो समयसम्म घाम नलाग्ने र चिसोमा काम गर्नेहरू उक्त रोगको शिकार हुने गरेका जानकारी दिनुभयो ।

अस्वस्थ जीवनशैली, वंशाणुगत, हड्डी खिइने, युरिक एसिड र महिनाबारी बन्द भएका महिला बाथरोगको उच्च जोखिममा रहेका उहाँको कथन थियो । नशा, हाड, छालालगायत शरीरका विभिन्न भागमा उक्त रोग लाग्ने जानकारी पनि उहाँले दिनुभयो ।

थापाथलीस्थित उक्त अस्पतालको प्राङ्गणबाट प्रारम्भ भएको ¥याली थापाथली चोक – त्रिपुरेश्वरचोक – वसन्तपुर डबली–जमल – दरबारमार्ग – नागपोखरी – नक्साल – सानोगौचरण – ज्ञानेश्वर – गौशाला विमानस्थल – तीनकुने नयाँवानेश्वर – माइतीघर हुँदै पुनः अस्पताल परिसरमा पुगेर टुङ्गिएको थियो ।

¥यालीमा अस्पतालका वरिष्ठ चिकित्सक भारत रावत, चिकित्सक, स्वास्थ्यकर्मी, कर्मचारी, सर्वसाधारण र सञ्चारकर्मीलगायत ८० जनाको सहभागिता थियो ।

प्रतिक्रिया
सम्बन्धित