३० आश्विन २०८३, शुक्रबार

पूर्वयुवराज पारसलाई मुद्दा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

paras-at-Thailand1काठमाडौं, २६ असोज । पटक पटक अवैध लागू औषध कारोबारमा पक्राउ पर्दे छुट्दै आएका पूर्वयुवराज पारस शाहलाई थाइ प्रहरीले लागू औषध कारोबारकै रुपमा मुद्दा चलाउने भएको छ ।

थाइल्याण्डस्थित नेपाली दूताबासलाई जानकारी गराएर थाई प्रहरीले लागू औषध अन्तर्गत आइस ड्रक्स बरामद गरेकाले उनलाई कारोबारीकै रुपमा मुद्दा चलाउने जानकारी दिएको उच्च स्रोतले जनाएको छ ।

नेपालका पूर्वयुवराजसमेत भएकाले नेपाली सुरक्षा निकायलाई समेत यस विषयमा जानकारी गराइसककेको प्रहरी प्रधान कार्यालयस्थित उच्च स्रोतले भनेको समाचार आजको राजधानी दैनिकले छापेको छ ।