काठमाडौं, २५ असोज । मोटरसाइकलमा आएर पैदलयात्रीको सिक्री लुटेर भाग्ने समूह फेरी राजधानीमा सलबलाएको छ । दिनभर रेकी गरी बाटो ढुकेर सिक्री लुटपाट गर्ने घटना दोहोरिएपछि प्रहरीलाई टाउको दुखाइ बनेको छ ।
यो साता मात्रै दुईवटा यस्तै घटना भएका छन् । शान्तिनगरको जुलु राइ बिहीबार मोटरसाइकलमा आएका अपरिचित २ युवाबाट लुटिईन ।
उनले लगाएको साढे ३ तोलाको सुनको सिक्री लुटियो । यसअघि मंगलबार नयाँबजारस्थित भट्ट क्याफेअगाडि बिना महर्जनको एक तोलाको सिक्री मोटरसाइकलमै आउका युवाले लुटेको समाचार आजको अन्नपूर्ण पोष्ट दैनिकले छापेको छ ।















प्रतिक्रिया