काठमाडौं, २५ असोज । दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन ९सार्क०को आगामी १८ औं शिखर सम्मेलनमा सहभागी हुन आउने राष्ट्र तथा सरकार प्रमुखहरुलाई रिट्रिटको लागि सरकारले धुलिखेललाई रोजेको छ ।
शिखर सम्मेलन उदघाटन पछि राष्ट्र एवं सरकार प्रमुखलाई रिट्रिटमा लैजाने र सम्भव भएसम्म दुईपक्षीय बार्ताको बतावरण तय गरिदिने प्रचलन छ ।
सन् २००२ मा सम्पन्न ११ औं शिखरसम्मेलनमा नगरकोटमा रिट्रिट दिने भनिए पनि सफल भएको थिएन । पोखरामा नै शिखर सम्मेलन गर्ने तयारी गर्ने भनिए पनि सुरक्षा, होटल र विमानस्थलको कारण देखाएर तयारी समितिले काठमाडौंमा शिखर सम्मेलन गर्ने निर्णय लिएको थियो ।
तर रिट्रिटमा भने पोखरा लैजानी छलफल भएपनि सबै तयारी र सुरक्षा दृष्टिकोणले नजिकको स्थान उपयुक्त हुने भन्दै धुलिखेल रोजाईमा परेको जानकारी प्रधानमन्त्री सुशील कोइरालालाई शुक्रबार दिइएको हो ।
तयारीको बारेमा प्रधानमन्त्री कोइरालाले चासो राख्दै सम्वन्धीत सबै निकायलाई छलफलमा बोलाएको समाचार आजको कान्तिपुर दैनिकले छापेको छ । शिखर सम्मेलनको तयारीमा के भइरहेको छ भन्ने जानकारी पत्रपत्रिकामा आएको समाचार मार्फत लिन परेको भन्दै यसको नियमित जानकारी दिने संयन्त्र तय गरेर आफूलाई दैनिक भएका गतिविधी बारे जानकारी गराउन परराष्ट्र मन्त्रालयलाई निर्देशन दिएको एक सहभागिले बताए ।
संवन्धित सबै मन्त्रालयका मन्त्री तथा उच्च अधिकारीहरुलाई एकै स्थानमा भेला गराई भइरहेको प्रगतिको बारेमा जानकारी लिनेक्रममा यस्तो बताएका हुन् । प्रधानमन्त्री निवास बालुवाटारमा साँझ भएको दुई घण्टा लामो छलफलमा परराष्ट्र, अर्थ, शहरी विकास, स्थानीय विकास, गृहका अधिकारीहरु लगायतको उपस्थिती थियो ।
उपप्रधान तथा गृहमन्त्री बामदेव गौतम, परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डे, संचारमन्त्री मिनेन्द्र रिजाल, बन तथा भु संरक्षण मन्त्री महेश आचार्य, मुख्य सचिव लिलामणी पौडेल, सचिवहरु लगायतको उपस्थिती थियो ।















प्रतिक्रिया