काठमाडौँ । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा बेलायतमा बस्ने नेपाली डाक्टरहरूको संस्था नेप्लिज डाक्टर्स एसोसिएसन युकेले छ लाख ४० हजार प्रदान गरेको छ ।
संस्थाका पूर्व अध्यक्ष डा. अच्यूतप्रसाद धितालले सो रकम उल्लिखित चेक बिहीबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री सुशील कोइरालालाई हस्तान्तरण गर्नुभयो । रकम हस्तान्तरण समारोहमा सञ्चारमन्त्री डा. मीनेन्द्र रिजाल पनि उपस्थित हुनुहुन्थ्यो ।
केही समय पहिले नेपालमा आएको पहिरो र बाढीबाट पीडित भएकाहरूलाई सघाउने उद्देश्यले बेलायतमा सो रकम सङ्कलन गरिएको डा. धितालले बताउनुभएको थियो । सुनकोसीमा पहिरो आएपछि नेपालमा हुने प्राकृतिक विपत्तिमा सघाउन च्यारिटी डिनरको आयोजना गरी सो रकम सङ्कलन गरिएको थियो ।
स्वदेशमा परेको विपत्तिमा विदेशमा रहेका नेपालीले सहृदयतापूर्वक सघाएकामा प्रधानमन्त्री कोइरालाले डा. धिताल र उहाँमार्फत नेप्लिज डाक्टर्स एसोसिएसन युकेलाई धन्यवाद दिनुभएको थियो ।













प्रतिक्रिया