२९ आश्विन २०८३, बिहिबार

कमलाको सुखी र खुशी बन्ने सपनामा सुर्यले यसरी लगायो ग्रहण…

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नवराज बस्नेत
युएई, २३ असोज । आफ्नो परिवारलाई सुखी र खुशी राख्ने चाहना सबैलाई हुन्छ ।  हो यस्तै चाहना बोकेर ग्याप्चा ३ मोरङकी कमला लामा पनि निक्कै भुक्तमान खपेर युएई आएकी थिइन ।

मोरङकै मिलन तामाङसँग राम्रो सम्वन्ध रहेका सुर्य तामाङले विदेशमा राम्रो पैसा कमाउँने सपना देखाएपछि त्यही सपनाको मेहेरोमा फसेर काठमाडौँ हुँदै युएई आइपुगेकी कमला अहिले दुतावासको शरणमा छिन् ।

गाउँकै स्कुलमा  ५ कक्षा सम्मको अध्ययन गरेकी कमलाले त्यही सुर्यको जाली सपनामा फसेर उसकै अरन–खटनमा काठमाडौँकै एक गेस्ट हाउसमा करिब तिन महिना बस्नु प¥यो ।

दुबई पुग्दासम्म कमलाले सुर्यलाई २५ हजार र उनी बसेको गेस्टहाउसलाई दश हजार बुझाई सकेकी थिइन ।

सुर्यले कमलालाई दुबईमा खाने–बस्ने सुविधासहित मासिक एक हजार दुई सय युएई दिराम कमाई हुने सपना बाँडेका थिए ।

तर, विभिन्न कष्ट सहेर युएई पुगेकी कमलाले मुस्किलले आठ सय  युएई दिराम पाइन् । त्यही तलब पनि उनले समयमा पाउन सकिनन्  ।

सात जनालाई खाना बनाएर खुवाउनु, घरको सरसफाई गर्नु, बगैचामा पानी लगाउनुलगाएत सम्पूर्ण कामगर्नु पर्ने बाध्यता एकातिर कमलालाई थियो ।
अर्कोतिर मालिकको गालीगलौज, समयमा तलब नदिने र कुटपिट गर्नेसम्मको यातनाले कमलालाई त्यहाँको जागिर नर्क जस्तो लाग्न थाल्यो ।

दिनहुँको यातनापछि कमलाले घर छाडेर भाग्ने वा मर्नेसम्मको योजना बनाइनन् ।

त्यही योजना बनाउँदै गर्दा एक दिन बगैँचामा पानी लगाउने क्रममा एक जना बंगालीसँग कमलाको चिनजान भयो ।

बंगालीकै ललाई–फकाईमा कमलाले काम गर्दै गरेको घर छाडिन् । तर, बंगाली पनि कमलाका लागि देवता होइन राक्षस बनेर उपस्थित भयो । उसले कमलालाई अनैतिक कार्यमा लगाउने योजना बनाएको रहेछ ।

संयोग नै भन्नुपर्छ । कमलाको त्यही बेला नेपाली ट्याक्सी ड्राइभरसँग भेट भयो । कमलाले उक्त ड्राइभरलाई पीढा पोख्ने मौका पाइन र त्यही बेले उनीले ती ड्राइभरको मोबाइल नम्वर पनि लिइन् ।

ती ट्याक्सी ड्राइभरले कमलाको सबै कहानी नेपाली प्रवासी श्रमिक संघ युएइका संयोजक नवराज बस्नेतलार्इ सुनाए ।

मोवाइलमै  बस्नेत र कमलाको कुराकानी भयो  । सबै समस्याका बारेमा जानकारी भएपछि  बस्नेत सहितको श्रमिक संघको टोली कमला भएको स्थानमा पुग्यो ।

श्रमिक संघकै सहायतामा नेपाली राजदूतावासको शरणमा पुगेकी कमला अहिले छिट्टै नेपाल फर्किने चाहना बोकेर राजदूतावासको सेल्टर कोठामा बसेकी छन् ।