३० आश्विन २०८३, शुक्रबार

पशुपतिनाथमा गर्भगृहसम्म जान देउ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Pashupati-decकाठमाडौं, २३ असोज । सर्वोच्च अदालतले हिन्दुहरूको धार्मिकस्थल पशुपतिनाथमा पूजा गर्न जाने भक्तजनको पूजा सामग्री गर्भगृहसम्म प्रवेश दिन परमादेश जारी गरेको छ।

न्यायाधीश कल्याण श्रेष्ठ र सुशीला कार्कीको संयुक्त इजलाशले बुधबार पशुपतिमा कार्यरत रहेका भट्ट र भण्डारीहरूको काम भक्तजनको पूजा कार्यमा सहयोग गर्ने मात्र भएकाले पूजा सामग्री लैजाना रोक लगाउन नमिल्ने ठहर गरेको समाचार आजको नागरिक दैनिकले छापेको छ ।

सर्वोच्चको यो फैसलापछि पशुपति क्षेत्र विकास कोषले मन्दिर परिसरभित्र टोकरीमा राख्दै आएको फूलप्रसाद मूल मूर्तिमा चढाउन भक्तजनका लागि उचित व्यवस्था गर्न बाध्य हुने भएको छ।

पशुपतिमा पूजा गर्न देशविदेशबाट आएका भक्तजनको सामग्रीलाई बीचबाटोमै पूजारी र अन्य सहयोगीले रोक लगाएको भन्दै अधिवक्ताहरू राजीव सिन्हा र विनोद फुयालले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए।

उक्त रिटमा फैसला गर्दै सर्वोच्चले आवश्यक परिक्षण वा शर्त तोकी पूजा गर्न ल्याएका सामग्री मूर्ति रहेको क्षेत्रभित्र प्रवेश दिन अविलम्व जो चाहिने आवश्यक व्यवस्था गर्न भनेको हो। भक्तजनलाई नै पशुपतिभक्तबाट विच्छेद गर्ने वा निरुत्साहित गर्ने किसिमको काम कोषले गरेको देखिएको भन्दै सर्वोच्चले भेदभाव नगर्न भनेको हो।