३० आश्विन २०८३, शुक्रबार

ठमेल अपराधको हब बन्दै

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

SONY DSCकाठमाडौं, २३ असोज । राजधानीको मुख्य पर्यटकीय क्षेत्र ठमेल आपराधिक घटनाका लागि हब बन्दै गएको छ । चोरी डकैती, गुन्डागर्दी, लागूऔषध कारोबार र यौन व्यवसाय जस्ता गतिविधि ठमेल क्षेत्रमा बढ्दैछन् ।

पछिल्ला ३ वर्ष सुधारिएको ठमेल फेरी पुरानै स्थितिमा फर्कन थालेको छ । पछिल्ला केही दिनमा ठमेलभित्र बीस मिटर आसपासमा दुइ रातमा ४ घटना भए ।

चोरले सटरको ताल्चा काटेर लकरमा राखेको पैसादेखि बियर, वाइन, चुरोट जस्ता सामान पनि लगे । त्यस्तै ठमेलमा चरेस र युवती मिलाइदिने दलाल चोक चोकमा भेटिन्छन् । व्यवसायीहरुलार्य पनि त्यहाँ धम्क्यायँदै रकम असुल्ने प्रबृत्ति पनि बढिरहेको समाचार आजको कान्तिपुर दैनिकले छापेको छ ।